यस वर्षको ‘सदाचार दीप सम्मान– ०७९’ बाट पूर्वप्रधान न्यायधीश शुशिला कार्कीसहित ५ जना सम्मानित हुने भएका छन् । ‘एन्टिकरप्सन एकेडमी नेपाल’ले १० मङ्सिरमा उक्त सम्मानबाट कार्कीसहित ५ जनालाई सम्मान गर्न लागेको हो ।
सम्मानित हुनेहरूमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, समाजसेवी भद्रकुमारी घले, शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मा र नेपाल सरकारका पूर्वसचिव भरतबहादुर थापा छन् ।
न्यायसेवा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कार्कीलाई सम्मान गर्न लागिएको हो । यस्तै राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत शाक्यलाई सम्मान गर्न लागिएको एकेडेमीले जनाएको छ ।
त्यस्तै, समाज सेवाको क्षेत्रबाट घले, शिक्षा क्षेत्रबाट प्रा.डा. शर्मा र निजामती प्रशासनको क्षेत्रबाट थापालाई सम्मान गर्न लागिएको एकेडेमीका व्यवस्थपक दिल बहादुर बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार सम्मान अगामी १० मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मान प्रदान गरिनेछ । एकेडेमीले दोस्रो पटकको सम्मान गर्न लागेको हो ।